logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

बाजुरामा जीप दुर्घटना चार वर्षीय बालकको मृत्यु, दुई घाइते


अंकुरण खबर
793
Shares

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका ४, बेलकाट्यामा से १ ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय प्रिन्स मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही वडाका २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बालकको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । जीप चालक र जीप प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।