logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवाको खालबाट पूर्व राज्यमन्त्रीसहित १० जना पक्राउ


अंकुरण खबर
572
Shares

प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको वृत प्रमुख डिएसपी निरञ्जन दत्त भट्टले जानकारी दिए ।

पक्राउ परेका खोभारी राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए । उनी हालसम्म तीन पटक राज्य मन्त्री भएका छन् । २०५२ सालमा शेरबहादुर देउवाको पालामा, २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा र २०६८ सालमा डा बाबुराम भट्टराईको पालामा राज्यमन्त्री बनेका थिए ।

विवादित छविका खोभारी राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि राजनीतिमा सक्रिय छैनन् ।