logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवा खालबाट ८ लाख रुपैयाँ सहित पाँच जना पक्राउ


अंकुरण खबर
1.157K
Shares

प्रहरीले जुवा खेली रहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।

शनिवार मोरङ केराबारी गाउँपालिका वडा नम्बर ६ बस्ने भूपेन्द्र भट्टराईको घरमा जुवा तास खेलीरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले केराबारी गाउँपालिका वडा नम्बर ६ का भूपेन्द्र भट्टराई, बोधराज मगर, अरुण केसी,हरि खत्री र शैलेस भुजेललाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट ८ लाख उन्नब्बे हजार दुई सय ५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकी दिएको छ।