logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आज एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
741
Shares

नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ५६ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्।

आज २ हजार ८ सय २४ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६५ सक्रिय संक्रमित छन्।