नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ ।
पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’भनी प्रस्ताव गरेको विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बोलाएको हो ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकमा बोलाएको छ ।
कांग्रेसको पार्टीको १४ औँ महाधिवेशन फागुन ७ देखि १० गतेसम्मका लागि निर्धारण गरिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण मिति प्रभावित भएको छ ।