logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थप एकजना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.014K
Shares

दाङ तुलसीपुरका एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो।

उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनी कात्तिक १० गते अस्पताल भर्ना भएका थिए। पिसिआर परीक्षण गर्दा ११ गते उनलाई संक्रमण पुष्टि भएको थियो।

योसहित बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका २१ र बाँके जिल्लाका ३३ जना गरी कुल ५४ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए ।