बागलुङ बजारमा कोरोना संक्रमण बढ्न थालेपछि उद्योग वाणिज्य संघले लकडाउन गर्न आग्रह गरेको छ ।
उद्योग वाणिज्य संघको हिजो बसेको बैठकले समुदायमा थप संक्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै १४ दिन लकडाउन गर्न जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकालाई आग्रह गरेको हो ।
संक्रमण थप फैलिन नदिनका लागि आफूहरु व्यवसाय बन्द गर्न तयार रहेको भन्दै संक्रमण न्यूनिकरणका लागि आफूहरुले सक्दो सहयोग गर्ने संघका महासचिव नरेश कँडेलले बताए ।
उनले बैंक तथा वित्तीय संस्थासहित अन्य व्यवसाय १४ दिन बन्द गर्ने गरी जिल्ला प्रशासन र बागलुङ नगरपालिकालाई पत्राचार गरेको जानकारी दिए ।
बागलुङमा अहिलेसम्म ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ७९ जना आइशोलेसनमा छन् ।