logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य : ईश्वर पोखरेल


अंकुरण खबर
1.326K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्वसमूह भित्रको आबद्धताको आधारमा समीकरण बनाउनु दुर्भाग्य भएको बताएका छन्।

प्रधानमन्त्री कार्यालयसमेत हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री पोखरेलले व्यक्तिगत स्वार्थका कारण पार्टीमा समस्या भएको भन्दै त्यस्तो प्रवृत्तिलाई विरोध गर्न पनि आग्रह गरेका हुन्।

‘‘एकताका बेला गरिएको सहमतिविपरीत पूर्वसमूह भित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमा चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं।’’

नेकपाभित्रको विवाद चर्किरहेको बेला महासचिव बिष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठपछि आज पोखरेलले सार्वजनिक टिप्पणी गरेका हुन्।