काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी दुई वर्षीया छोरी दीपशिखाको मृत्यु भएको हो।
बा ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी दीपशिखाको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल सीतापाइलामा मृत्यु भएको प्रहरीले जनाएको छ।
देवीलाई ठक्कर दिने स्कुटर र दीपशिखालाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।