logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १६३० जना कोरोना संक्रमित


अंकुरण खबर
1.482K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ७०२ महिला र ९२८ पुरुष गरी १ हजार ६३० जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३२९ जना, भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा संक्रमण पुष्‍टि भएको हो ।

आज नेपालभर भने पछिल्लो २४ घण्टामा कुल २९३३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।