logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन : चिनियाँ विदेश मन्त्रालय


अंकुरण खबर
2.652K
Shares

चीनले नेपालको भूमि मिचेको भन्ने हल्ला आधारहीन भएको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको कुनै पनि भूमि नमिचेको दाबी गरेका हुन् ।

‘चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन छन्,’ उनले भनेका छन्,‘चीनले नेपालको भूमि मिचेको छैन ।’ द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेर संरचना निर्माण गरेको समाचार प्रकाशन गरेको थियो ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूमि मिचेको दाबी गरिएको छ । तर, नेपालको परराष्ट्र मन्त्रालयले भने हुम्लामा चीनले नेपाली भूमि नमिचेको स्पष्ट यसअघि नै पारिसकेको छ ।

तर, प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वमा गएको टोलीले हुम्लाको उत्तरीभागको सीमा क्षेत्रमा चीनले नेपाली भूमि मिचेको बताएको थियो ।