logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न, नतिजा आउन सुरु, कसले मार्ला बाजी ?


अंकुरण खबर
1.209K
Shares

शक्तिशाली मुलुक अमेरिकामा राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ । निकै चासो रहेको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा केही राज्यको नतिजा समेत आउन सुरु भएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका छन् भने अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा गएर मतदान गरेकी छिन् ।

यसपटकको निर्वाचनमा करिब १० करोड मतदाताले अग्रिम मतदान गरेका छन् ।

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् ।