logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

होम आइसोलेसनमा बस्ने संक्रमितलाई प्रयोगशालाले नै परामर्श दिनुपर्ने


अंकुरण खबर
1.443K
Shares

पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने मेडिकल कलेज वा अस्पतालले रिपोर्ट पोजेटिभ भएका संक्रमितलाई होम आइसोलेसनमा टेलिकाउन्सेलिङ गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले जुन प्रयोगशालामा परीक्षण गराएको हो, सोही प्रयोगशालाले संक्रमितलाई परामर्श दिनुपर्ने निर्णय गरेको हो ।

साथै अस्पताल नभएका प्रयोगशालाले भने सरकारी वा निजी तवरबाट सञ्चालित अस्पतालसँग समन्वय गरी परामर्श दिनुपर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

साथै बैठकले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पतालको सञ्चालन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।