logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नरवणेको मुख्य औपचारिक कार्यक्रम आज, पाउँदै छन् मानार्थ महारथीको दर्ज्यानी चिन्ह


अंकुरण खबर
949
Shares

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणे बिहीबार मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् ।

उनलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने छिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उनले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । राति प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन् ।

थापाको औपचारिक निमन्त्रणमा बुधबार नेपाल आएका नरवणेले पहिलो दिन बसन्तपुर गएर जीवित देवी कुमारीको दर्शन गरेका थिए । यस्तै उनले पशुपतिनाथको बाहिरबाटै दर्शन समेत गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किने छन् ।