logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभरको मौसम दिनभर कस्तो रहला ?


अंकुरण खबर
728
Shares

स्थानीय वायुको प्रभावले देशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणली विकसित नभएको मौसमविदले बताएका छन् । अहिले पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पहाडी भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा जनाइएको छ ।