logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पका समर्थकले गरे एरिजोनाको निर्वाचन कार्यालय बाहिर प्रदर्शन


अंकुरण खबर
1.014K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले एरिजोना राज्यको मतगणना केन्द्र बाहिर प्रदर्शन गरेका छन् ।

समर्थकले मारिकोपा काउन्टीको निर्वाचन कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।

फोनिक्सस्थित कार्यलय बाहिर पुगेका ट्रम्प समर्थकहरुले एरिजोनामा डेमोक्र्याटिक उम्मेदवार विजयी हुने आंकलन टेलिभिजन नेटवर्कहरुले गरेकोप्रति आक्रोश पोखेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले हरेक मत गणना गर्न माग गरेका छन् । एरिजोनामा अहिले पनि मतगणना जारी छन् । त्यहाँ बाइडेनले अग्रता लिइरहेका छन् ।

ट्रम्पले यसअघि आफूले अग्रता लिएका स्थानमा मतगणना रोकिनु पर्ने तथा बाइडेनको अग्रता रहेको स्थानमा मतगणना हुनु पर्ने बताएका थिए ।