प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरवणेबीच शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा भेटवार्ता भर्खरै सुरु भएको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी बुधबार नेपाल आएका हुन् । यसअघि भारतीय सेनाध्यक्ष नरवणे नेपालका हिमालहरुको दृश्यावलोकन गरेका थिए ।
बिहीबार उनलाई राष्ट्रपति भवन शितल निवासमा मानार्थ महारथी दर्जा प्रदान गरिएको थियो । उनले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधान सेनापति थापासँग शिष्टाचार भेट समेत गरेका थिए । नरवणे आजै स्वदेश फर्कँदैछन् ।