logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको वरिष्ठ उपाध्यक्षमा बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ निर्वाचित


अंकुरण खबर
1.82K
Shares

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को प्रारम्भिक साधारण सभाबाट बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

शनिबार भएको प्रारम्भिक साधारण सभाबाट सांसद् श्रेष्ठ ४ वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा सर्वसंवत चुनिएका हुन् ।

१७ जनाको कार्यसमिति रहेको संघले वाग्मती प्रदेश भित्रका सबै जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित गर्दै, संवृद्ध राष्ट्रको लागि सहकारीलाई मेरुदण्डको रुपमा परिचालित गर्न लागिपर्ने सांसद् श्रेष्ठले बताए ।