स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पर्सामा एक जना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका ८, माईस्थान चोकबाट सो रकमसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई प्रहरीले पक्राउ गरेको हो ।
रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना.६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएके छ ।