logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लक्षण देखिएका कोरोना संक्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा


अंकुरण खबर
1.794K
Shares

लक्षण देखिएका कोरोना संक्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा यसबारे मन्त्रिपरिषबाट निर्णय हुने जनाइएको छ।

कोरोना संक्रमितको उपचारमा सरकार पछि हटेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले यस्तो निर्णय गर्न लागेको हो।

गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले अबदेखि कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार निःशुल्क गर्ने र अन्यको उपचार आफ्नै खर्चमा गर्ने निर्णय गरेको थियो।