logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा देउसीभैलो खेल्न निषेध


अंकुरण खबर
1.287K
Shares

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आसन्न तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।

कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जरुरी सूचना जारी गर्दै ‘देउसीभैलो जस्ता कार्यक्रमहरूको आयोजना नगर्नु, नगराउनु एवं भीडभाडजन्य गतिविधिहरू नगर्नु हुन’ भनेर जानकारी गराएका छन् ।

चाडपर्वहरू मनाउँदा आफू रहेकै स्थानमा आफ्ना घरपरिवारका सदस्यसँग मात्र सीमित रही मनाउन समेत सूचनामा जानकारी गराइएको छ ।