logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झिनो अंकले बढ्यो नेप्से


अंकुरण खबर
858
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार)  झिनो अंकले बढेको छ ।

आज नेप्से ४.२२ अंकले बढेर १ हजार ६ सय ५२ दशमलव ८० विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज ३ अर्ब ६९ करोड ९७ लाख २ हजार ७८१ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह ओरालो लागेका छन् भने अन्य ६ वटा बढेका छन् ।

सोमबार कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५५ करोड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस्तै,आज कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनीले ५५ करोड १ लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।