पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यो सँगै नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ प्रतिशत रहेको छ ।