logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेसबुकमा सुसाइट नोट लेखेर सम्पर्कविहीन भएका चिकित्सक काभ्रेमा भेटिए


अंकुरण खबर
1.703K
Shares

सुसाइड नोट लेखेर भक्तपुरबाट बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिएका छन् ।

राधेराधेबाट हराएका दन्तरोग विशेषज्ञ डा. दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित अरनिको राजमार्गमा भेटिएका हुन् ।

आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीय प्रहरीले उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी दीपक गिरीले बताए । डा. झाको राधेराधेमा द डेन्टल सिटी नामक क्लिनिक थियो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो ।

उनको मोबाइल काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि खोजीलाई त्यसतर्फ केन्द्रीत गरिएको थियो । उनको परिवारमा राम्रो सम्बन्ध नभएको बुझिएको प्रहरीले जनाएको छ ।