logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अमेरिकी विदेशमन्त्री पोम्पेओले भनेः ट्रम्पको दोस्रो कार्यकालयका लागि हामी तयार छौ


अंकुरण खबर
624
Shares

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चुनावको नतिजा ‘खारेज’ गरि डोनाल्ड ट्रम्प प्रशासनको दोस्रो कार्यकालको तयारी रहेको बताएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार विदेश मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोम्पेओले मुस्कुराउँदै भने, ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकाल’ बताएका हुन् । उनले नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएको घोषित गरिएको कुरा उल्लेख नै गरेनन् ।

विश्व समुदायले राष्ट्रपतिमा निर्वाचित भएको डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई बधाई तथा शुभाकामना दिइरहेका बेला ट्रम्प सत्ताका विदेश मन्त्रीले ‘ट्रम्प प्रशासनको दोस्रो कार्यकालका लागि सहज ट्रान्जिसन’ हुने बताएका हुन् ।