logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २५६९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या दुई लाख नाघ्यो


अंकुरण खबर
780
Shares

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रिमतको संख्या दुई लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै १६६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै  १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११७४ पुगेको छ।