logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

काठमाडौं उपत्यकामा थपिए १२६१ जना कोरोना संक्रमित


अंकुरण खबर
1.105K
Shares

काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार गरिएको परीक्षणमा काठमाडौंमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

यस्तै, बुधबार  नेपालमा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।