logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने कुरा बोलेको छैन् : प्रचण्ड


अंकुरण खबर
1.599K
Shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कूटनीतिक माहोल बिगार्ने नियतले आफूले नबोलेको बताएका छन् । इलाममा शनिवार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नियतले नबोलेको तर बाहिर अर्कै कुरा मोडिएर आएको बताए । आफु सबै राष्ट्रसँग समान सम्बन्ध भएको हेर्न चाहेको उनको भनाई थियो ।

अर्को प्रशंगमा दाहालले नयाँ नेपालमा नयाँ व्यवस्था सुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार लागिरहेको बताए । गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेभन्दै नेता र गुटकेन्द्रित हुँदा त्यसले आफैलाई सक्ने भएकाले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने अध्यक्ष दाहालको तर्क थियो ।