काठमाडौं उपत्यकामा थप ९७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, बिहीबार नेपालमा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।