पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्।
पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११८९ पुगेको छ।