logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोरोना संक्रमणबाट झापामा एक बृद्धको मृत्यु


अंकुरण खबर
806
Shares

कोरोना भाइरसको संक्रमणबाट झापाको शिवसताक्षी नगरपालिकामा एक जना बृद्धको मृत्यु भएको छ।

गएराति शिवसताक्षी नगरपालिका ६ का ६२ वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, झापाले जनाएको छ। उनको झापाको बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो।

उनलाई कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी बी एन्ड सी अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले बताए। उनी मिर्गौला रोगबाट पीडित थिए।