logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको टोखामा ६५ रोपनी क्षेत्रफलमा बालमैत्री पार्क र सार्वजनिक शौचालय बन्ने


अंकुरण खबर
1.378K
Shares

काठमाडौंको टोखामा ६५ रोपनी क्षेत्रफलमा बालमैत्री पार्क र सार्वजनिक शौचालय बन्ने भएको छ।

संघीय सरकार, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुन लागेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले टोखा नगरपालिकास्थित झोरमा निर्माण हुन लागेको बालमैत्री पार्क तथा सार्वजनिक शौचालयको आज एक विशेष समारोहबीच शिलन्यास गरे ।

सो कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भावी सन्ततीको अस्तित्वलाई बचाइ राख्नको लागि पनि सार्वजनिक जग्गाको संरक्षण र वृक्षरोपणलाई तीव्र पार्दै लैजानुपर्ने धारणा ब्यक्त गरे ।

उनले चीनका राष्ट्रपति सि चिङ पिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौं सुरुङमार्ग निर्माणको विषयमा सम्झौता गरिने बताए । झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने समेत उनको दाबी थियो ।