logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मापदण्ड पूर्णरुपमा पालना गरि तिहार मनाउन आग्रह


अंकुरण खबर
676
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

शुक्रबार दिएको शुभकामना सन्देशमा उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र  मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन्।