logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहाको गोलबजारबाट नक्कली नोट सहित तीन जना पक्राउ


अंकुरण खबर
1.56K
Shares

सिरहाको गोलबजारबाट प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।

नक्कली नोट छाप्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेर ६ लाख ८४ हजार नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षिय विमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षिय धिरज राय र सोही ठाउँका २० वर्षिय संजय कुमार राय रहेका छन । उनीहरु गोलबजार नगरपालिका ६ मा विरेन्द्र महतोको घरमा डेरा लिएर बस्दै आएका थिए ।

उनीहरुको साथवाट एक÷एक हजारको तयार पारेको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप १ थान, क्यानन कम्पनीको प्रिन्टर १ थान पनि बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान भैरहेको छ ।