logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना, दुईको ज्यान गयो, ५ घाइते


अंकुरण खबर
871
Shares

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाकोे वाणगंगा नगरपालिका वडा नम्बर १ बुङची चोक स्थित कोपवा जाने बाटोमा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने, ५ जना घाइते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर बुङची–कोपवा सडकखण्ड अन्र्तगत बुङचीचोकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रयाक्टर चालक वाणगंगा नगरपालिका वडा नम्बर १, उप्टहवा निवासी ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रन्जित बोटे माझीको घटनास्थलमै मृत्यु भएको हो भने जय ज्ञवाली र मनिस परियार गम्भीर घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार हुदैछ । त्यस्तै अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।