logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसियूमा पुगेका मनोज गजुरेल कोरोना संक्रमणमुक्त


अंकुरण खबर
832
Shares

चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन् । आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।