सवारी साधन संचालनमा लागु गरिएको जोर विजोर नम्वरका कारण चाडवाडको बेला झनै सामाजिक दूरि कायम हुन सकेको छैन।
कोभिड-१९ फैलिने त्रासका कारण गत चैत ११ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गरिएको थियो । ६ महिना लामो समयसम्म बन्द भएपछि असोज १ गतेदेखि जोर विजोर प्रणाली लागु गरी सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।
कोभिड-१९ को जोखिम बढेपनि सबै व्यवसाय सञ्चालनमा आइसकेकाले मंसिर १ गतेबाट जोर विजोर हट्नुपर्ने यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यका सरकारले कोभिडको मारमा परेको सार्वजनिक यातायात उकास्न सरकारले कुनै नीति बनाउन नसकेको बताए ।
‘कोभिडको मारमा परेको सार्वजनिक यातयातलाई बैंकको किस्ता, पुनकर्जा दिने लगायत व्याजमा छुट दिने भनेपनि त्यो अझैसम्म कार्यान्वयन भएको छैन,’ कर्मचार्यले भने।
उनका अनुसार मारमा परेको यातयात व्यवशायिहरु जोर विजोर प्रणाली लागु गरेर थप समस्यामा परेका छन्।