logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काठमाडौं उपत्यकामा थपिए ५०१ कोरोना संक्रमित  


अंकुरण खबर
1.196K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७३ जना, ललितपुरमा ८४ जना  र भक्तपुरमा ४४ जना  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७६ हजार ३६४ पुगेको छ।