नेपाली वजारमा बुधबार सुनको भाउ घटेको छ ।
आज छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन पनि तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।