logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निकिशा श्रेष्ठलाई दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ


अंकुरण खबर
4.784K
Shares

प्रहरीले निकिशा श्रेष्ठमाथि भएको दुव्र्यवहारको भिडियो खिच्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयले श्रेष्ठमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न बुधबार साइबर ब्यूरोलाई निर्देशन दिएको थियो ।

श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशीलाई प्रहरीको टोलीले पक्राउ गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका– २ टौमढीका जोशीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

श्रेष्ठमाथि यौन दुव्र्यवहार भएको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि कार्यालयले घटनाबारे थप अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

भिडियोमा सडकमा हिँडिरहेकी निकिशामाथि युवकहरुले दुव्र्यवहार गरेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्तिले यो भिडियो आफूले नखिचेको, अपलोड मात्र गरेको बताएका छन् । अर्का व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।