पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९६५ जन , ललितपुरमा १८९ जना र भक्तपुरमा ७५ जनालाई कोरोना संक्रमण देखिएको हो।
हालसम्म काठमाडौंमा ८० हजार ७२६, ललितपुरमा ११ हजार ७७४ र भक्तपुरमा ७ हजार २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
उपत्यकामा हालसम्म काठमाडौंमा ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।