logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा गाउँपालिकाका वडाध्यक्ष मृत अवस्थामा फेला


अंकुरण खबर
1.235K
Shares

कञ्चनपुरमा एकजना जनप्रतिनिधि (वडाध्यक्ष) मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष मृत फेला परेका हुन् । बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया शुक्रबार बिहान मृतावस्थामा फेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उमेरले ५७ वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा मृत अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजेतिर घरबाट निस्किएका थिए । घरबाट निस्किएका वडाध्यक्ष रोकायालाई बिहान साढे १० बजे मृत भेटिएको डीएसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।