logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१९ हजार १४ जना कोरोना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
923
Shares

देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

शुक्रबार २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ६ सय १२, प्रदेश २ मा ६५८, लुम्बिनी प्रदेशमा १४७०, सुदूरपश्चिम प्रदेशमा ६७७, गण्डकी प्रदेशमा २१२० र कर्णाली प्रदेशमा ११५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।