logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
936
Shares

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–५ का ५९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ११ बजेतिर ज्यान गएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए ।