logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते


अंकुरण खबर
728
Shares

गुल्मीमा आइतबार दिउँसो  जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् ।

जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा  दुर्घटना हुँदा २ जना घाइते भएका हुन ।

घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको  कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्री रहेका छन् ।उनीहरुलाई उपचारका लागि  जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रबीण कुमार श्रेष्ठले जानकारी दिए ।

बिपरित दिशाबाट आउँदै गरेको मोटर साइकललाइ बचाउँन खोज्दा जिप सडकमा पल्टिएको जनाइएको छ ।  जिपमा बालबालिका सहित १० जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।