रौतहटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा परोहा नगरपालिका-६ बसन्पट्टी बस्ने प्रवीण सिंह रहेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार उनी काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत रहेका थिए ।
जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिका-९ स्थित सडकमा ना.६ प ७४२२ नम्बरको उनी आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।