logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्लुङमा जीप दुर्घटना : दुईजनाको मृत्यु, एक घाइते


अंकुरण खबर
702
Shares

जिल्लाको बडिगाड गाउँपालिका–६ मा जीप दुर्घटना हुँदा डेढ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा जीपमा सवार बडिगाड गाउँपालिका–६ की अन्दाजी २३ वर्षीया टेकमायाँ श्रीष र नाम नखुलेकी उनकी डेढ वर्षीया छोरीको मृत्यु भएको वडा अध्यक्ष मौसम काजी क्षेत्रीले बताए।

बडिगाड–६ सुडखुडीबाट पालिका मुकाम खौलारा बजार आउँदै गरेको लु १ ज ४३७० नम्बरको जिप सडकबाट खसेको हो। सडकमा रोकी राखेको जीप एक्कासि गुडेपछि सडकबाट झण्डै सातसय मिटर तल खसेको बागलुङ प्रहरीले जनाएको छ।

सोही जीपमा सवार मनकुमारी रोका गम्भीर घाइते छन्। उनलाई उपचारका लागि वडिगाड पोली क्लिनिकमा पुर्‍याईएको छ।

सडकमै जीप रोकेर स्थानीयको सामान लिँदै गर्दा जिप एक्ककासी सडकबाट खसेको चालक रविलाल बुढाले बताए। ग्वालिचौर प्रहरी चौकीबाट प्रहरी घटनास्थल जाँदै गरेको छ।