प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका -६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो घुन्सा फाउन्डेसनद्वारा निर्मित भवनको उद्घाटन गरेका हुन् ।
घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाइदिन माग गरेका छन्। सामुदायिक स्वास्थ्य इकाईको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंघा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ ।
भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।