logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुटर दुर्घटनामा परी पाल्पामा एक जनाको मृत्यु


अंकुरण खबर
806
Shares

पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–७ डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर सोमबार अचानक अनियन्त्रित भई दुर्घटना भएको हो । स्कुटर चालक राना रामपुर-७ डुम्रीगाउँका बासिन्दा हुन् ।

दुर्घटना हुंँदा स्कुटर चालक अन्दाजी २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।