logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा प्याराग्लाइडिङ दुर्घटना : पाइलटको मृत्यु, एक युवती घाइते


अंकुरण खबर
2.873K
Shares

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन् ।

दुर्घटनामा परी ३८ वर्षीय प्यारापाइलट राजु गैरेको मृत्यु भएको हो । पोखरा–२८ कालिका घर भएका पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ ।